न्युरोडमा एक पुरुष मृत भेटिए

cp new add
Nisharg hospital

१५ कात्तिक, काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ ।

Nast Ad

जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार अन्दाजी ५५÷५६ वर्षको पुरुषको शव फेला परेको हो । उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी छ ।

उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...