नवजात शिशुको शव फेला

cp new add
Nisharg hospital

१५ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

Nast Ad

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

नवजात शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको पोख्रेलले जानकारी दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...