बाजुरामा बिमा बोर्डकी हाकिम खुलेआम कांग्रेसको चुनावी प्रचारमा

cp new add
Nisharg hospital

१५ कात्तिक, धनगढी । बाजुरामा स्वास्थ्य बिमा बोर्डकी प्रमुख तारा रोकाया खुलेआम नेपाली कांग्रेसको चुनावी प्रचारमा लागेको पाइएको छ । उनीसँगै युनिसेफ नेपाल नामक संस्थाका कर्मचारी हिमाल धामी पनि कांग्रेसका उम्मेदवारको प्रचारमा लागेको तस्बिर सार्वजनिक भएको छ ।

Nast Ad

दुवै जना कांग्रेसका सहमहामन्त्री समेत रहेका बाजुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेको निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको आरोप लागेको छ ।
पाण्डे नेता कार्यकर्तासहित चुनावी प्रचारमा बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैन गएका बेला स्वास्थ्य बिमा बोर्ड प्रमुख रोकाया पनि उनीसँगै देखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने उनले प्रचारमै गएका बेला कांग्रेसको झण्डा बोकेर चुनावी गितमा बनाएको टिकटक पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

                                                               उम्मेदवार बद्री पाण्डेसँगै बिमा बोर्ड प्रमुख तारा रोकायाबडिमालिका नगरपालिकामा कार्यरत युनिसेफ नेपालका धामी पनि पाण्डेसँगै सोही पालिकाको ७ मा पर्ने भम्केनीमा सामूहिक तस्बिर खिचाउदै गरेको देखिएको छ । उनीहरु दुवै जनाको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

तर उनीहरु दुवै जनाले निर्वाचन प्रचार प्रसारमा नगएको दाबी गरेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट जगन्नाथ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेर पराजीत भएकी बिमा बोर्ड प्रमुख रोकायाले सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर पाण्डे आफ्नो घरमा मत माग्न आएका बेलाको भएको दाबी गरिन् ।

उम्मेदवार बद्री पाण्डेसँगै युनिसेफका कर्मचारी हिमाल धामी

‘त्यो उहाँहरु मत माग्न हाम्रो घरमा आएको बेलाको तस्बिर हो । मैले कुनै पनि उम्मेदवारको पक्षमा मत मागेको छैन, ’ रोकायाले भनिन् । तर उनको घर भने तस्बिर बुढिनन्दा नगरपालिका ७ मा पर्ने खुलेको छ । युनिसेफका धामीले पनि नेताहरु प्रचारप्रसारका लागि घरमै आएका बेलाको तस्बिर भएको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी नवराज अवस्थीले सार्वजनिक पद धारण गरेका र सरकारी लाभको पदमा बसेका व्यक्तिले कुनै पनि उम्मेदवारको पक्षमा मत माग्न र प्रचारमा जान नपाइने बताए ।

उनले आचारसंहिता विपरीत प्रचारमा खटिएको र मत मागेको सम्बन्धमा उजुरी प्राप्त भएमा छानविन गरेर प्रचलित कानूनअनुसार कारवाही गरिने जानकारी दिएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...