बैतडीको पाटनमा भोलि सार्वजनिक बिदा

cp new add
Nisharg hospital

१५ कात्तिक, धनगढी । बैतडीको पाटन नगरपालिकामा भोलि, बुधबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै पाटन-२ स्थित महारुद्र मन्दिरमा मेला लाग्ने हुँदा सार्वजनिक बिदा दिइएको जनाएको छ।

नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ। महारुद्र धाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्ने गर्दछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...