चुनावी हार केवल वामपन्थीको होइन, सबै लोकतान्त्रिक शक्तिको : महासचिव पोखरेल

cp new add
Nisharg hospital
suchana

शङ्कर पोखरेल ले पछिल्लो चुनावी परिणामलाई केवल वामपन्थीहरूको हार नभई समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा व्याख्या गरेका छन्। उनले यसलाई गम्भीर समीक्षा र पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भारतको केरल राज्यको उदाहरणसँग नेपालको वाम आन्दोलनलाई जोडेर भइरहेको विश्लेषणप्रति असहमति जनाएका हुन्। उनका अनुसार केरलामा सत्ता परिवर्तन सामान्य राजनीतिक प्रक्रिया हो र नेपालमा वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण हुँदैन।

पोखरेलले वाम आन्दोलनको दिशा भविष्यमुखी एजेन्डा, जनतासँगको सम्बन्ध र राष्ट्रिय हितमा आधारित गतिविधिले तय गर्ने बताएका छन्। उनले हालको परिणामलाई समग्र लोकतान्त्रिक शक्तिहरूको हार भन्दै त्यसको कारण खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार लोकतान्त्रिक शक्तिहरूले हारको गहिरो समीक्षा गर्दै सुरक्षित लोकतान्त्रिक भविष्यका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना बनाउनुपर्छ।

सङ्कट र चुनौतीको समयमा निराशा वा पलायन हुनु अवसरवादी र कायरताको बाटो भएको टिप्पणी गर्दै पोखरेलले क्रान्तिकारीहरूले चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्न सक्नुपर्ने बताएका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...