धादिङमा भूकम्पको धक्का महसुस

cp new add
Nisharg hospital
suchana

धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। खानी तथा भूगर्भ विभाग का अनुसार बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ। केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको प्रभाव विभिन्न क्षेत्रमा सामान्य रूपमा महसुस भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण ठूलो क्षति नभएको र अवस्था सामान्य रहेको सम्बन्धित निकायले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...