गस्तीमा जाँदा भीरबाट खसेर म्यादी प्रहरी युवतीको मृत्यु

cp new add
Nisharg hospital

१६ कात्तिक, धनगढी । गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको ज्यान गएको छ ।

Nast Ad

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिईन ।

उनको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि श्याम खत्रीका अनुसार खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...