कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीको भजनी नगरपालिका–५ कौवाखेडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–९ बस्ने २७ वर्षीय प्रमोद गिरी र २२ वर्षीय रामबहादुर विक रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरीले से १ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको जनाएको छ। प्रहरीले लागूऔषध र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...