धनगढीमा डिभोटी होटलसहितका ५३ व्यापारीले सरकारलाई तिरेनन् कर : १५ दिनभित्र चुक्ता नगरे चलअचल सम्पत्ति कब्जा गर्ने चेतावनी

cp new add
Nisharg hospital
suchana

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा होटल डिभोटीसहित ५३ व्यावसायिक संस्थाहरूले राज्यलाई लामो समयदेखि कर नतिरेको पाइएको छ।

आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै समयमै कर नतिर्ने, पटक-पटकको ताकेता अटेरी गर्ने र कतिपय सम्पर्कविहीन भएका व्यवसायीहरूको नामावली गोरखापत्र दैनिकमा प्रकाशित गरेको हो।

कार्यालयले १५ दिनभित्र बाँकी कर बक्यौता चुक्ता नगरे चल-अचल सम्पत्ति रोक्का गरी कानुनी कारबाही अगाडि बढाउने अन्तिम चेतावनी दिएको छ।

सम्पर्कविहीन भएपछि सार्वजनिक सूचना

राजस्व कार्यालयका अनुसार बक्यौता बाँकी रहेका करदाताहरूलाई यसअघि फोन सम्पर्क, एस.एम.एस. तथा पत्राचारमार्फत जानकारी गराइएको थियो।

तर, केही करदाताले अटेर गरेको र केही फेला नपरेका (सम्पर्कविहीन) हुनाले सार्वजनिक सूचनामार्फत नामावली सार्वजनिक गर्न बाध्य भएको कार्यालयले जनाएको छ।
कर नबुझाए कस्तो कारबाही हुन्छ ?

तोकिएको १५ दिनको म्यादभित्र कर दाखिला नगरेमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ र आयकर ऐन, २०५८ बमोजिम निम्न कारबाहीहरू गरिने सूचनामा उल्लेख छ:

१. बैंक खाता रोक्का: करदाताको बैंक तथा वित्तीय संस्थामा रहेको रकम कट्टा गरिने।

२. सम्पत्ति जफत: चल-अचल सम्पत्ति कब्जा गरी लिलाम बिक्री गरिने।

३.कारोबार रोक्का: व्यावसायिक कारोबार तथा आयात-निर्यात रोक्का गरिने।

कर नबुझाउने ५३ व्यावसायिक संस्थाहरूको सूची:
कर नबुझाउनेहरूको सूचीमा धनगढीका प्रख्यात होटल, अस्पताल, सुगर मिलदेखि प्रतिष्ठित निर्माण सेवासम्म संलग्न छन्। आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेका फर्महरूको नाम यस प्रकार छ:

१. माया मेट्रो हस्पिटल प्रा.लि.

२. सिमाइलेश्वर स्टोर

३. मष्टामाण्डौ गहना पसल

४. नवको गोपाल इम्पोरियम

५. रोदन ट्रेडर्स

६. विश्वलक्ष्मी एण्ड हिरा ट्रेड कन्सर्न प्रा.लि.
७. लक्ष्मी रोटो प्याकेजिङ प्रा.लि.
८. शिव सुन्दर सामुदायिक वन उपभोक्ता समूह
९. नोभा हस्पिटल प्रा.लि.

१०. शाहजी सप्लायर्स
११. ए.के.जि. एन सप्लायर्स

१२. एम.वि. हार्डवेयर
१३. फड़म स्टोर
१४. न्यू प्रान्जल ट्रेडर्स एण्ड सप्लायर्स
१५. सुपर वन इन्टरप्राइजेज
१६. शीतल ट्रेड एण्ड सप्लायर्स
१७. अम्मर बर्गा ट्रेडर्स एण्ड सप्लायर्स
१८. प्रविन एण्ड केदार ट्रेडर्स
१९. उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि.

२०.  किसान ट्रेडिङ कन्सर्न

२१. सन्तोषि थेगिम जे.भी.
२२. राजश्री फूड प्रोडक्ट्स
२३. शिराज इन्टरनेशनल प्रा.लि.
२४. माहा स्पाइस एण्ड फूड प्रोडक्ट्स
२५. श्रेष्ठ कन्स्ट्रक्सन
२६. दिनेश अटोमोटिभ्स

२७. शुभश्री प्यालेस प्रा.लि.
२८. केदार इटा उद्योग
२९. सुदूर फुड इण्डष्ट्रिज
३०. वासु लिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज लि.
३१. होटल डिभोटी एण्ड रेष्टरेन्ट बार
३२. सुरुची कन्स्ट्रक्सन
३३. लाल ट्रेडर्स
३४. दक्षिणकाली इकन्पोरेटेड प्रा.लि.

३५. बसन्त क्लासिक अटोमोबाईल्स
३६. शेखर एग्रोभेट सेन्टर
३७. आरडेन्ट इन्टरप्राइजेज प्रा.लि.
३८. शुशिल स्टोर्स
३९. देवरथी कन्स्ट्रक्सन
४०. यमुना कन्स्ट्रक्सन
४१. ए.वि.सी. इन्टरप्राइजेज
४२. ॐ बालाजी ट्रेडर्स एण्ड सप्लायर्स
४३. जय बालाजी ट्रेड लिंक एण्ड सप्लायर्स
४४. एस.एस. कन्स्ट्रक्सन
४५. एल.बि. निर्माण सेवा
४६. नन्देगडा कन्स्ट्रक्सन रुपाली कन्स्ट्रक्सन जे.भी.
४७. दक्षिणकाली ब्रदर्स
४८. एम.के. सप्लायर्स
४९. त्रिवेणी डिजल सर्भिस
५०. सेति प्लाष्टिक उद्योग
५१. शिखर मालिकार्जुन ट्रेडर्स एण्ड सप्लायर्स
५२. डि.एस. सप्लायर्स
५३. मंगलेश्वर मल्टी ट्रेड एण्ड सप्लायर्स

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...