बैतडीमा जेसीबीको ठक्करबाट सडक उपभोक्ता समिति अध्यक्षको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

 बैतडीमा जेसीबीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । यहाँको पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहराको जेसीबीको ठक्करबाट मृत्यु भएको हो ।

बिहीबार बिहान पौने ९ बजे पुर्चौडी–५ को सल्लेरी–काटेइ ग्रामीण सडक निर्माणका क्रममा जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा डडेलधुरा अस्पतालमा बिहान ११:४० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतक बोहरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ ।

जेसीबी चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का २५ वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर सिंहले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...