‘डोनाल्ड ट्रम्प’ नामको राँगो बलिबाट जोगियो

cp new add
Nisharg hospital
suchana
Nast new

टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको एक दुर्लभ राँगो बंगलादेशमा बकरइदको बलि हुनबाट जोगिएको छ।

करिब ७०० केजी तौल भएको उक्त ‘अल्बिनो’ राँगो बलिका लागि बिक्री भइसकेको थियो। तर त्यसलाई हेर्न अत्यधिक भीड लाग्न थालेपछि बंगलादेश सरकारले अन्तिम समयमा हस्तक्षेप गर्दै बलि रोक्ने निर्णय गरेको हो।

गृहमन्त्रीको निर्देशनपछि ग्राहकलाई रकम फिर्ता गरिएको छ भने राँगोलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा पठाइएको छ।

खैरो रौँ र शान्त स्वभावका कारण यो राँगो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। फार्म सञ्चालकका अनुसार यसको स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग मिल्ने भएकाले ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...