अत्तरियाको पहाड रोडमा दुई अटो ठोक्किँदा दुर्घटना

cp new add
Nisharg hospital
suchana
Nast new

अत्तरियास्थित पहाड रोड क्षेत्रमा बिहीबार दुई अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा पेट्रोलबाट चल्ने अटो र ईभी अटो रहेका छन्।

ट्राफिक प्रहरी कार्यालय अत्तरिया अनुसार दुवै अटो एउटै दिशातर्फ गइरहेका बेला मोडिने क्रममा आपसमा ठोक्किएका थिए। ठक्करपछि दुवै सवारीमा सवार केही यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको पद्मा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि केही समय सो क्षेत्रको सडक आवागमन प्रभावित बनेको थियो। प्रहरीले तत्काल ट्राफिक व्यवस्थापन गर्दै सवारी सञ्चालन पुनः सुचारु गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय अत्तरिया ले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको वास्तविक कारण र थप विवरण संकलन भइरहेको तथा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...