कञ्चनपुरमा मध्यरातमा होटलमा ढुंगामुढा गर्ने युवक धनगढी विमानस्थलबाट पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कञ्चनपुरको भाँसीमा रहेको न्यू रोयल दरबार होटलमा सोमबार मध्यराति ढुंगामुढा गरि तोडफोड गरेर रहेका व्यक्ति भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेदकोटनगरपालिका–१० का चिरायु वैज भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार वैजलाई काठमाडौँ भाग्दै गरेको अवस्थामा धनगढी विमानस्थलबाट पक्राउ गरिएको हो । उनीसँगै भीमदत्त नगरपालिका–१८ का खगेन्द्र कठायतलाई पनि पक्राउ गरिएको छ । कठायतलाई कञ्चनपुरबाटै पक्राउ गरिएको हो ।
दुवै जनाविरुद्ध अपराधिक उमद्र शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । होटलमा ढुंगामुढा प्रहार गर्ने अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

न्यू रोयल दरबार होटलमा सोमबार राति चार जनाको एक समूहले होटल खोल्न दबाब दिदै ढुंगामुढा गर्दै ढोका तोडफोड गरेको थियो । सञ्चालक प्रकाश कार्कीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट भ्यानसहित पुगेको प्रहरी टोलीले भने होटल तोडफोडमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिनुको सट्टा आफ्नै आँखाअगाडिबाट भाग्न दिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

तोडफोडमा संलग्न समूहले मोटरसाइकलसमेत होटल बाहिरै छाडेर भागेका थिए । तर प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरी होटलका कर्मचारी र त्यहाँ रहेका ग्राहकलाई नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको छ ।

पक्राउ पर्नेमा होटलका कर्मचारी सन्तोष भण्डारीसहित प्रकाश टेर, हर्कबहादुर चन्द, परमानन्द भट्ट र पवन थापालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये प्रकाश, हर्कबहादुर र परमानन्द होटलभित्र खाजा खाइरहेका ग्राहक हुन् भने पवन थापा होटल सञ्चालक कार्कीले फोन गरेर बोलाएपछि घटनास्थल पुगेका थिए ।

होटल बाहिर रोकिएको मोटरसाइकल उनको जस्तै देखिएपछि कार्कीले उनलाई सम्पर्क गरेका थिए । त्यसपछि होटल पुगेका थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । यो घटनामा प्रहरीले निदोर्ष व्यक्तिलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको आरोप लागेको छ ।

Navjeen New Ad
Loading...