


धनगढी । सुदूरपश्चिममा प्रहरीले चोरिएका आठ मोटरसाइकल बरामद गरेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ट्राफिक र नेपाल प्रहरीले गरेको संयुक्त अप्रेसनका क्रममा चोरीका आठ वटा मोटरसाइकल बरामद गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार हिरो कम्पनीको सुपप्र ०१–००८प ८६८१, सुपप्र०१–०९३ प. ६५८२, सुपप्र०१–०१०९ प ७७४८ नम्बरको मोटरसाइकल बजाज कम्पनीको युपी२६ ई ५९७९, से ७ प ४७९४, सुपप्र ०१–०१२ प. ८५३५ र सुपप्र०१०१२ प ७५१० को हिरो कम्पनीको बरामद गरिएको छ ।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले चोरी गरेर चलाइएका सवारीसाधनका कारण हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न उद्देश्यले सवारीसाधनमा निगरानी बढाइएको बताए ।
उनकाअनुसार ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्ने कामलाई बृद्धि गरिएको छ ।
प्रहरीले चेकजाँचमा कडाइ गरेपछि चोरिएका सवारीसाधनको पहिचान गरेर बरामद गर्न सहज भएको जनाएको छ ।

