‘अन्तिम भिडियो’ भन्दै पोस्ट गरेकी शोभा पाठकलाई प्रहरीले वनस्थलीबाट गर्‍यो उद्धार

cp new add
Nisharg hospital
suchana
Nast new

सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले सकुशल फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई काठमाडौंको वनस्थली क्षेत्रबाट उद्धार गरिएको हो। हाल उनलाई मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल मा राखेर मनोपरामर्श प्रदान गरिएको प्रहरीले जनाएको छ।

पाठकले गएराति आफ्नो फेसबुक खातामा ‘सायद अन्तिम यही भिडियो हुनेछ’ भन्ने भावुक सन्देशसहित एउटा भिडियो पोस्ट गरेकी थिइन्। उक्त भिडियोमा ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ बोलको गीत पृष्ठभूमिमा प्रयोग गरिएको थियो। भिडियो सार्वजनिक भएको केही समयमै उनी सम्पर्कविहीन भएपछि परिवार तथा सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो। त्यसपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।

प्रहरीले खोजीका क्रममा पाठकलाई वनस्थलीबाट सकुशल फेला पारेको जनाएको छ। घटनापछि उनको स्वास्थ्य तथा मानसिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक मनोपरामर्श र सहयोगको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। शोभा पाठक यसअघि महेश बस्नेत सँगको नाम जोडिएपछि सार्वजनिक चर्चामा आएकी थिइन्। हाल घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...