सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री साेडारी सवार माेटरसाइकलमा ३ जनाकाे यात्रा, ट्राफिकले चेकिङ गर्दा हातपात गरेपछि चालक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीमा  सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर साेडारी सहितका तीन जना एउटै माेटरसाइकलमा सवार गर्ने क्रममा ट्राफिक चेकिङमा परेका छन् ।

शुक्रबार साँझ साेडारीसमेतका तीन जना सुपप्र ०१०१० प ७२७२ नम्बरको माेटरसाइकलमा चढेर घरतर्फ गइरहेको थिए ।

साेही बेला शिवनगरमा ट्राफिक प्रहरीले राेकेका थिए । चेकिङका क्रममा माेटरसाइकल चालक जाेशीपुर गाउँपालिका-३ बस्ने ५० वर्षीय शिवराज विनाडीले ट्राफिक प्रहरीमाथि हातपात गरेका थिए ।

डिउटीमा रहेका ट्राफिक प्रहरी जवान खगेन्द्र तिमिल्सिनाले चिट काट्ने क्रममा विनाडीले हेलमेटले उनलाई हानेकाे प्रहरीले जनाएको छ ।

उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएपनि साेडारीसहितका दुई जना भने भागेकाे प्रहरीकाे भनाइ छ ।

विनाडी पक्राउ परेपछि नेताहरूले राति नै उनलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए तर प्रहरीले कार्यस्थलमा आफ्नै कर्मचारीमाथि हातपात भएको भन्दै मुद्दा चलाउने तयारी गरेकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...