रास्वपा कैलालीको प्रथम अधिवेशनमा विवाद, सभापतिका दुई उम्मेदवारद्वारा बहिष्कार

cp new add
Nisharg hospital

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको प्रथम जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सभापति पदका दुई उम्मेदवारले निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन्।

Nast Ad

शनिबार धनगढीस्थित ओम प्यालेसमा जारी अधिवेशनका क्रममा सभापतिका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले मतदाता नामावलीमा धाँधली भएको तथा निर्वाचन समिति नै वैधानिक नभएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका हुन्।

सभापति पदका लागि रेग्मी, चौधरी र कविन्द्र ठकुल्ला उम्मेदवार रहेका छन्। रेग्मी र चौधरीले मतदाता नामावली सच्याउन तथा वैधानिक ढंगले निर्वाचन समिति गठन गर्न माग गर्दै त्यसो नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन्।

उनीहरूले बहिष्कारको घोषणा गरेपछि अधिवेशन स्थल छाडेका छन्। यद्यपि अधिवेशनका अन्य कार्यक्रम भने जारी रहेका छन्।

अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कमल ज्ञवाली, क्षेत्र नम्बर २ का सांसद किरणपी (केपी) खनाल, क्षेत्र नम्बर ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइराला, क्षेत्र नम्बर ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरियाको उपस्थिति रहेको

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...