धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको हो ।

Nast Ad

प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट लडेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...