कैलालीमा दुई जना मृत भेटिए

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Nast Ad

प्रहरीकाअनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि करिब ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने एक अज्ञात पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...