सुदूरपश्चिममा कांग्रेसको असन्तुष्ट पक्षले मन्त्रीको नाम टुंग्याउन सकेन, निर्णयका लागि केन्द्रमा सिफारिस

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपछि निर्णयको जिम्मा पार्टी केन्द्रीय समितिलाई दिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहसँग भएको सहमतिअनुसार दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्ने अधिकार सांसद दिवानसिंह विष्ट पक्षलाई दिइएको थियो। तर, आन्तरिक सहमति जुट्न नसकेपछि विष्टले निर्णयका लागि केन्द्रमा सिफारिस गरेका हुन्।

आइतबारदेखि निरन्तर छलफलमा जुटेको विष्ट पक्षले सोमबार बिहान पनि मन्त्री चयनबारे बैठक गरेको थियो। तर, विष्टबाहेक समूहका सातै सांसदले मन्त्री बन्न दाबी गरेपछि सहमति हुन सकेन।

स्रोतका अनुसार पटक–पटकको छलफल निष्कर्षमा पुग्न नसकेपछि विष्टले सरकारमा पठाउने सांसदको नाम र मन्त्रालयसमेत केन्द्रबाटै टुंग्याइदिन आग्रह गर्दै पत्राचार गरेका छन्। केन्द्रीय समितिले गर्ने निर्णय सबै पक्षले स्वीकार गर्ने समझदारी भएको बताइएको छ।

मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउने अभियान चलाएको विष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीको भाग पाएको छ। यता मुख्यमन्त्री शाहले पनि आफ्नो कोटामा परेको आर्थिक मामिला मन्त्री र सामाजिक विकास राज्यमन्त्री परिवर्तन गर्ने तयारी गरेका छन्।

यसैबीच, नेकपा एमालेले पनि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिने निर्णय गरिसकेको छ। मुख्यमन्त्री पक्षले आफ्नो भागका मन्त्रीको नाम टुंग्याइसकेको भए पनि विष्ट पक्षबाट नाम नआउँदा सरकार पुनर्गठन प्रक्रिया लम्बिएको नेताहरूको भनाइ छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...