


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिज प्रकास देउवाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।
उनले सुदूरपश्चिमको कैलाली, धनगढी–४ बाट सदस्यता अद्यावधिक गरेका हुन् । उनको सदस्यता नम्बर ४,९५,३०७ रहेको छ ।
नेपाली कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता प्राप्त गरिसकेका छन् ।
उनले आरजु राणा देउवाको स्वकीयसचिव भएर काम गरेका थिए ।

