बाँकेमा प्रहरी हवल्दारमाथि महिलाले गरिन खुकुरी प्रहार

cp new add
Nisharg hospital
suchana
Nast new

बाँकेको बैजनाथ गाउँपालिका–५ मा विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका एक प्रहरी हवल्दारमाथि स्थानीय महिलाले खुकुरी प्रहार गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार ईश्वरी माध्यमिक विद्यालय को सरकारी जग्गा खाली गराउने क्रममा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

सोही क्रममा एक स्थानीय महिलाले प्रहरी हवल्दारमाथि धारिलो खुकुरी प्रहार गरेकी थिइन्। प्रहरीमाथि आक्रमण गरिरहेकै अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका प्रहरी हवल्दारको अवस्था सामान्य रहेको छ। खुकुरी प्रहार गर्ने महिला तथा घाइते प्रहरीको नाम भने सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...