रास्वपा कैलालीको निर्वाचन परिणाम केन्द्रद्धारा बदर , नयाँ समिति स्वतः भंग

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट प्राप्त परिणामलाई खारेज गरेको छ । निर्वाचन प्रक्रियामा व्यापक अनियमितता भएको भन्दै परेका उजुरीको अध्ययनपछि आयोगले यस्तो निर्णय लिएका जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आइतबार कैलाली जिल्ला कार्य समिति र निर्वाचन समितिलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका क्रममा भएका कार्यहरू विधानविपरीत र लोकतान्त्रिक मूल्यमान्यताको विरुद्धमा रहेको ठहर गरेको छ । निर्वाचन निष्पक्ष र मर्यादित नभएको भन्दै उम्मेदवार तथा पार्टी सदस्यहरूले दिएको उजुरीपछि आयोगले गम्भीर ध्यानाकर्षणसहित अध्ययन गरेको उल्लेख छ ।

आयोगले आफ्नो निर्णयमा निर्वाचन प्रक्रियामा देखिएका चारवटा मुख्य कमजोरीहरूलाई आधार बनाएको छ । निर्वाचनको न्यूनतम आधारभूत प्रक्रियाको पालना नभएको, पार्टीको विधान, सदस्यतासम्बन्धी स्थापित नियम र निर्वाचन कार्यविधिको ठाडो उल्लङ्घन गरेको, उम्मेदवारहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उजुरी प्रक्रियामा सहभागी नभएको र समावेशी कार्यविधि बमोजिम योग्य सदस्यहरूको सहभागिता सुनिश्चित गर्न नसकिएको उल्लेख गरिएको छ ।

पत्रमा उल्लेख भएअनुसार, कैलाली जिल्ला अधिवेशनमा भएका गैरकानूनी र विधान विपरीतका गतिविधिहरूले निर्वाचनको निष्पक्षता र वैधतालाई नै खण्डित भनिएको छ । पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा र निर्वाचन कार्यविधिको सम्मान गर्दै आयोगले सो अधिवेशनबाट घोषित सम्पूर्ण परिणामहरूलाई पूर्ण रूपमा ’बदर/रद’ गर्ने निर्णय गरेको जनाएको छ ।

यो निर्णयसँगै २४ जेठमा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्य समिति स्वतः भंग भएको छ । अधिवेशनबाट जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए । उनसँगै प्रतिस्पर्धा गर्न उजुरी दिएका महेश कुमार चौधरी र हरी रेग्मीले भने निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए ।

अब पुनः निर्वाचनको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा पार्टीका कार्यकर्ताहरूमा चासो बढेको छ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबार धनगढीमा भइरहेको । प्रदेश अधिवेशनको अघिल्लो दिन रास्वपाले यस्तो निर्णय गरेको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...