सुदूरपश्चिममा लागूऔषधसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र अछामबाट प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

Nast Ad

कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २६ वर्षीय शंकर चौधरी शनिबार साँझ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाबाट ३२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित समिर नेपाली शनिबार राति पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी अछामको मंगलसेन नगरपालिका–८ ग्यानेगैडीमा सञ्चालन गरिएको किराना तथा चिया–नास्ता पसलबाट ८ ग्राम १९० मिलिग्राम चरेशजस्तो देखिने पदार्थ र ५०० वटा सुकाइएका गाँजाका बोट बरामद गरिएको छ। उक्त पसल सञ्चालक ५७ वर्षीय भैरव प्रसाद भाटलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार तीनै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...