


धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित घर नजिकै रहेको पानी नभएको नालामा स्थानीय ३८ वर्षीय बुद्धि राम चौधरी शनिबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

