
धनगढी । कैलालीमा चेक अनादर र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार फैसला कार्यान्वयनका क्रममा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ का ५८ वर्षीय महेश सिंह धामी रहेका छन्।
त्यसैगरी, बैंकिङ कसुर मुद्दामा एक महिना कैद सजाय र ७३ हजार रुपैयाँ जरिवाना तोकिएका बझाङको बित्थडचिर गाउँपालिका–७ का ४७ वर्षीय रघुनाथ जोशी पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
*यसअघि समाचार उल्लेख गरिएका भूपेन्द्र धामी मिलापत्र भएर छुटिसकेको पाइएकाले उनको नाम हटाइएको छ ।

