कञ्चनपुरमा पार्किङ गरिएको मोटरसाइकल जल्यो

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरमा पार्किङ गरिएको मोटरसाइकलमा आगलागी भएको छ ।

Telecome

बेलौरी नगरपालिका–१० रतनपुरस्थित एक घर नजिक पार्किङ गरी राखिएको मोटरसाइकलमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मंगलबार बिहान केशब दत्त भट्टको घर नजिकै पार्किङ गरिएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ९४९१ नम्बरको मोटरसाइकलमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...