कैलालीमा विद्यालयबाट छुटेकी ६ वर्षकी बालिका बेपत्ता

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा निर्धारित समय अगावै विद्यालयबाट छुटेकी बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–१ को जनचेतना प्राथमिक विद्यालयमा अध्ययन गर्दै आएकी ६ वर्षीया बालिका मनिषा बिक बेपत्ता भएकी हुन् ।

Telecome

वडा नम्बर ४ बस्ने बिकलाई बिहान ७ बजे उनकी हजुरआमाले विद्यालय पुगाएकी थिइन् । नर्सरीमा अध्ययन गर्ने बालिकाको विद्यालय दैनिक ११ बजे विदा हुन्थ्यो तर मंगलबार भने ९ बजे नै बिदा भएको थियो ।

हजुरआमा ११ बजे मात्र विद्यालय मनिषालाई लैजान आएकी थिइन् । तर त्यो बेला उनी विद्यालयमा भेटिइनन् । मनिषा बेपत्ता भएपछि उनको खोजी भइरहेको छ ।

उनी नदीमा डुुबेको आशंका गरिएको छ । बालिकालाई कतै देखे, भेटेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...