बाढीपहिरोले सुदूरपश्चिमका तीन जिल्लामा मुख्य सडक अवरुद्ध

cp new add
Nisharg hospital

४ साउन, धनगढी । गएरातिदेखि परिरहेको अविरल वर्षाका कारण गएको पहिरोले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएका छन् ।

Nast Ad

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको छ । दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी भएपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाई छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...