
धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कैलारी गाउँपालिका–५ गेटाबाट खैरो हेरोइनजस्तो देखिने ५४० मिलिग्राम धुलो पदार्थसहित गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय काशीराम आउजीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो। प्रहरी चौकी गेटाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम ७४० मिलिग्राम धुलो पदार्थसहित गोदावरी नगरपालिका–२ निवासी २२ वर्षीय अमित सार्कीलाई पनि शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

