दार्चुला र अछाममा अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । अछाम र दार्चुलामा अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

अछाममा सवारी ज्यान मुद्दामा ५ महिना २१ दिन कैद सजाय तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भई हाल साँफेबगर नगरपालिका–४ जनकल्याण टोलमा बस्दै आएका ३७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले शुक्रबार दिउँसो साँफेबगर नगरपालिका–१० ठाटी बजारबाट पक्राउ गरेको हो।

उनलाई सम्मानित जिल्ला अदालत अछामको २०८१ फागुन २२ गतेको फैसला कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले पक्राउ गरेको जनाएको छ।

त्यसैगरी दार्चुलामा लिखत सम्बन्धी कसूर मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका मालिकार्जुन गाउँपालिका–८ निवासी ३९ वर्षीय अशोक सिंह खत्रीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई सम्बन्धित अदालतमा पेश गरी फैसला कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...