चिसापानीमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्युु, फरार चालक सुर्खेतबाट पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिदा एक जनाकाे मृत्यु भएको छ ।लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई  ठक्कर दिएकाे थियो  ।

Nast Ad

उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकि प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनकाे उद्दार गरेर टीकापुर अस्पताल लगेकाे थियाे ।

टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषकाे उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ।
​दुर्घटनापछि फरार चालक र गाडी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उनलाई राति १२ बजे भे १ क २५९६ नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिईएकाे थियो ।सुर्खेतकै पञ्चपुरी नगरपालिका-११ ढुङ्गीबजारबाट पञ्चपुरी- ४ चनाली बस्ने चालक ३१ वर्षीय सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिइएको थियो ।

मिनी ट्रकलाई पञ्तपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...