बझाङमा विद्यालयमै कुटपिटमा परेका वृद्धको मृत्यु, एक पक्राउ

cp new add
Nisharg hospital

बझाङ — बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

Nast Ad

प्रहरीका अनुसार असार १९ गते बिहान करिब ११ः३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो। घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए।

कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए।

गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा असार २० गते बिहान करिब १०ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–३ निवासी २८ वर्षीय सिंहराज धामीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...