श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

cp new add
Nisharg hospital

सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडा नम्बर- ४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।

Nast Ad

प्रतिवादी सदायले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२ बजेको समयमा हत्या गरेको आरोप छ ।उक्त घटनापश्चात फरार रहँदै आएका सदायलाई आफ्नै घर सिल्हटमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो । त्यसै विवादका कारण सदायले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बताए ।

मृतक गीताका बुवा सुकराती सदाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...