शिक्षा अधिकृतमाथि वडा सदस्यद्वारा मोबिल खन्याएर दुर्व्यवहार

cp new add
Nisharg hospital

काठमाडौं । दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याइएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् ।

Nast Ad

पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहोराको शरीरमा मोबिल खन्याइदिएका हुन् । यसको भिडियो बुढाथोकी आफैंले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्न दबाब दिँदै आए पनि बोहराले मानेका थिएनन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...