अनलाइनखबरका सम्पादकको सरकारलाई चुनौतीः तिमीहरुले तर्साउन खोजेका हौ, तर्सिन्नौं

cp new add
Nisharg hospital

काठमाण्डौं । अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखेर आफूहरुलाई तर्साउन खोजिएको बताएका छन् ।

Nast Ad

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ता गतिविधिले आफूहरु नतर्सने चेतावनी दिएका हुन् ।

बस्नेतले गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहीता खोजेको र आगामी दिनमा त्यस्ता घटना नहोउन भन्ने चाहेको स्पष्ट गरे । तर, राज्य तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएको उनको भनाइ छ ।

‘तर्साउन गरेका हौ यो सब, तिमीहरुले  तर्सिन्नौं, आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं’, बस्नेतले लेखेका छन् । सोमबार अनलाइनखबरको बुद्धनगर, हिमालय टेलिभिजनको मध्यबानेश्वर र कान्तिपुर मिडिया ग्रुपको तिनकुनेस्थित कार्यालयको गेटमा एकैसाथ शंकास्पद गाडी रोकिएको थियो ।

ती गाडी कसको हो र कसले राखेको हो भन्ने खुलेको छैन । प्रहरीले कान्तिपुरको गेटमा राखेको गाडी हटाएको छ भने अनलाइनखबर र हिमालय टिभी अगाडि राखिएको गाडी हटाइएको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...