
काठमाडौँ । नक्कली कागज बनाई अरुको जग्गा धितोमा राखेर ऋण दिलाउने सिद्धार्थ बैंकका कर्मर्चारी फरार भएका छन् । सक्कली जग्गाधनी मोहन बहादुर शाही विदेशमै रहेका बेला उनको कित्ता नं. २४४४ र २४४७ को जग्गा भद्र बहादुर थापालाई नक्कली जग्गाधनी बनाएर ऋण दिएको प्रकरणमा बैंकका कर्मचारी विवेक लामिछाने फरार भएका हुन् । उनी फरार भएपछि प्रहरीले उनलाई फरार सूचीमै राखेर मुद्दा दर्ता गरेको छ । उनलाई बैंकले निलम्बनसमेत गरिसकेको छ ।

अरुको जग्गा धितोमा राखेर ऋण दिलाउने सिद्धार्थ बैंकका कर्मर्चारी फरार भएका छन् ।
बैंकले केही समय अघि मात्र ऋणीको खाताबाट पैसा चोरेर आफ्नो खातामा लैजाने दुई कर्मचारीलाई निलम्बन गरेको थियो । पछिल्लो समय सिद्धार्थ बैंकका विभिन्न प्रकरण बाहिर आईरहेका छन् ।
नक्कली कागज राखेर ऋण लिइएको सो ऋणको फाइल गण्डकी प्रदेश कार्यालय प्रमुख निरज श्रेष्ठले सदर गरेका थिए । उनले भने आफूलाई जग्गाधनी नक्कली भएको थाहा नभएको बयान प्रहरीलाई दिएका छन् ।

