साउन २९ मा नेपाल फर्किने तयारीमा देउवा दम्पती

cp new add
Nisharg hospital

काठमाडौं । जेनजी आन्दोलनलगत्तै उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वमन्त्री समेत रहेकी उनकी पत्नी डा.आरजु राणा आगामी साउन २९ गते नेपाल फर्किने भएका छन् ।

Nast Ad

जेनजी आन्दोलनमा कुटपिटबाट गम्भीर घाइते बनेका देउवा र पत्नी राणा गएको कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका थिए । देउवा निकटस्थ स्रोतका अनुसार, आगामी अगस्त १४ (साउन २९) गते नेपाल फर्किने तयारी भएको हो ।

“स्वास्थ्य अवस्था सामान्य भइरहेको भन्ने सूचना प्राप्त भएको छ । अहिलेसम्मको अवस्थामा आगामी अगस्ट १४ मा नेपाल फर्किने भन्ने जानकारीमा आएको छ,” देउवानिकट स्रोतले भन्यो । देउवानिकट स्रोतका अनुसार, बीचमा कुनै अड्चन उत्पन्न नभएमा अगस्ट १४ को स्वदेश फिर्ता करिब निश्चित जस्तै छ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो ।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री देउवालाई बयानमा उपस्थित हुन भन्दै खण्डहर निवासमा लगेर सातदिने म्याद टाँसेको थियो । उनका छोरा जयवीरलाई पनि सात दिनभित्र उपस्थित हुन भन्दै विभागले सूचना निकालेको थियो । जयवीर श्रीमतीसहित बेलायतमा छन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार, सम्पर्कविहीन व्यक्तिको हकमा विभागले बढीमा ३० दिनसम्मको म्याद दिई सूचना जारी गर्न पाउने अधिकार छ । उक्त म्यादभित्र बयानमा उपस्थित नभए तथ्य प्रमाणबाट पुष्टि हुने आधार देखिएमा फरार जनाएर मुद्दा दर्ता गर्न भने कानुनतः रोकिँदैन ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...