

नेपाल टेलिकमले आज (शुक्रबार) देखि यो सेवाको सुरू गरेको हो।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई-सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको एप्लाइ फर लस्ट/ ड्यामेज सिम डिएफमा क्लिक गरेपछि दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्ने हुन्छ।
सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिने टेलिकमले उल्लेख गरेको छ।
यसका लागि आवश्यक ५० रूपैयाँ काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारम मै उल्लेख गर्नु पर्नेछ।
प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ। ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको बताइएको छ।
esim.ntc.net.np लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो।
यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाइसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ।

