कञ्चनपुरका डीएसपी र एसपीसहितका छ प्रहरी र दुई कर्मचारीलाई अदालतको सम्मान 

फैसला कार्यान्वयनमा उत्कृष्ट कार्य

cp new add
Nisharg hospital

धनगढी । जिल्ला अदालत कञ्चनपुरले फैसला कार्यान्वयनमा उल्लेखनीय कार्य गरेको भन्दै दुई कर्मचारीसहित छ जना प्रहरीलाई पनि सम्मान गरेको छ ।

Nast Ad

जिल्ला अदालतले फैसला कार्यान्वयनमा उल्लेख्य काम गरेको भन्दै कञ्चनपुरका प्रमख प्रहरी उपरीक्षक(एसपी) नेत्रमणी गिरी, प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतसहितका छ प्रहरीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

उनीहरुलाई जिल्ला अदालतका प्रमुख न्यायाधिश राजेन्द्र सिंह भण्डारीले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् । पुुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) बिरेन्द्र सिंह थापा, प्रहरी नायब निरीक्षक (सई) भानबहादु चन्द, वरिष्ठ हवलदार जमन सिंह भाट र प्रहरी सहायक हवलदार नरेन्द्र राना रहेका छन् ।

अदालतमै कार्यरत नायब सुब्बा रुद्र बोगटी र लक्ष्मणप्रसाद चापागाईलाई पनि सम्मान गरिएको छ । कञ्चनपुरका न्यायाधिश राजेन्द्र सिंह भण्डारी देशमै मुद्दा फच्र्यौटमा पहिलो समेत भएका छन् ।
.

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...