
चर्चित गायिका एलिना चौहान अब व्यवसायमा पनि लागेकी छन्। उनले करिब दुई करोड रूपैयाँको लगानीमा काठमाडौंको नयाँ बानेश्वरमा महिलाविशेष फेसन स्टोर रुमणी बाइ एलिनाु सञ्चालनमा ल्याएकी हुन्। यसको औपचारिक उद्घाटन यही साउन ४ गते हुने तयारी छ।

स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध हुनेछन्। विशेषगरी परम्परागत महिला फेसनलाई केन्द्रमा राखेर ुरमणी बाइ एलिनाु सञ्चालन गरिएको एलिनाले बताइन्। ुमहिलालाई चाहिने अधिकांश सामग्री यहाँ पाइन्छ। हामीले फेन्सीभन्दा पनि ट्रेडिसनल सामानलाई प्राथमिकता दिएका छौं, एलिनाले भनिन्।
करिब डेढ महिनाअघि यसको तयारी सुरू गरिएको उनले जानकारी दिइन्। गीत रेकर्डिङ र मेला महोत्सवमा व्यस्त रहे पनि भविष्यलाई सुरक्षित बनाउने सोचले व्यवसायमा हात हालेको एलिनाले बताइन्। कलाकारिता सधैं एउटा अवस्थामा नरहने भएकाले समयमै अर्को विकल्प तयार गर्न ठानेको उनले बताइन्।
ुमान्छेले खोजिरहेको बेला केही नयाँ काम सुरू गरियो भने त्यसले पछि पनि साथ दिन्छ। सधैंभरि एउटै अवस्था रहँदैन, त्यसैले अहिले नै केही आफ्नो विकल्प होस् भनेर यो व्यवसाय सुरू गरेँ, उनले भनिन्।

