धनगढीको बङ्ग्राकटानमा डेढ लाखको सामान वेवारिसे भेटियो

cp new add
Nisharg hospital

धनगढी । कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब १ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान क्षेत्रबाट बेवारिसे अवस्थामा चिनी, डाल्डा, दूध पाउडर, कलरका डिब्बा, एसी स्ट्यान्डलगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...