कैलारीकी २७ वर्षीया अर्चना ७ वर्षीय छोरासहित २१ दिनदेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल


कैलालीको कैलारी गाउँपालिका–६ खरेटी निवासी २७ वर्षीया अर्चना चौधरी आफ्ना ७ वर्षीय छोरा साबि कुमालसहित २१ दिनदेखि सम्पर्कविहीन भएकी छन्।

अर्चनाका श्रीमान् सदीप कुमालका अनुसार उनी असार ३० गते धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी एकेडेमीबाट एलकेजीमा अध्ययनरत छोरा साबिलाई लिएर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी हुन्। त्यसयता आमा–छोराको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
बेपत्ता भएपछि परिवारले स्थानीय प्रहरी चौकीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएको भए पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
श्रीमान् सदीप कुमालले श्रीमतीसँग पारिवारिक सम्बन्ध सामान्य रहेको र कुनै घरायसी विवादसमेत नभएको बताउँदै उनीहरू एक्कासि सम्पर्कविहीन हुनुको कारणबारे आफू अन्योलमा रहेको बताए।
उनले अर्चना चौधरी र छोरा साबि कुमाललाई कतै देख्नुभएका वा उनीहरूको अवस्थाबारे कुनै जानकारी भए ९८६९८४८५५२ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन सबैसँग अनुरोध गरेका छन्।
