भजनीमा मोटरसाइकल दुर्घटना : महिलाको मृत्यु, चालक घाइते

cp new add
Nisharg hospital

कैलालीको भजनी नगरपालिका–४ बिजुलियामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

Nast Ad

मंगलबार खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ की ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्।

उनको सुख्खडस्थित सीएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...