
२१ कात्तिक, धनगढी । धनगढीमा अगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ देखि पुष २ गतेसम्म धनगढीमा सञ्चालन हुने भएको हो ।

कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेरु महोत्सवबारे जानकारी दिएको छ र महोत्सव धनगढी उपमहानगरपालिका– १ स्थित सञ्चादन हुनेछ ।
उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको व्यापार, व्यवसाय, कला संस्कृतिलाई संरक्षण एवंम् संवद्र्धनका लागि विगतका वर्षहरुमा जस्तै्र महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
२ वर्षदेखि कोरोना संक्रमणका प्रभावित भएको महोत्सव गत वर्षदेखि पशुपती टोलमा लाग्दै आएको छ । यो वर्षको महोत्सव आयोजना गर्न करीब २ करोड लगानी लाग्ने बताइएको छ भने १० करोड बढिको आर्थिक कारोबार हुने दाबी गरिएको छ ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

