कञ्चनपुरमा अनुमति बिना उपचार र औषधि बिक्री गर्ने महिला पक्राउ, घरबाट औषधि बरामद

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरमा बिना इजाजत बिरामीको उपचार गर्ने तथा औषधि बिक्री–वितरण गर्ने एक महिला पक्राउ परेकी छन्। प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोलबाट बिना इजाजत उपचार तथा औषधि बिक्री–वितरण गरेको आरोपमा स्थानीय ४० वर्षीया गीता सेठीलाई पक्राउ गरेको हो।

Nast Ad

प्रहरीका अनुसार सेठीले आफ्नो घरमै बिरामीको उपचार गर्ने तथा विभिन्न प्रकारका औषधि बिक्री–वितरण गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि बुधबार संयुक्त टोलीले उनको घरमा खानतलासी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले दिउँसो करिब ३ः४५ बजे सेठीको घरमा खानतलासी गरेको हो।

खानतलासीका क्रममा उनको घरमा विभिन्न प्रकारका औषधि तथा उपचारमा प्रयोग हुने उपकरण फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीको कुल मूल्य १९ हजार ४८५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले बरामद औषधि तथा उपचारमा प्रयोग हुने उपकरणलाई कानुनबमोजिम बरामद गरी सेठीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिना अनुमति स्वास्थ्य उपचार गर्ने तथा औषधि बिक्री–वितरण गर्ने गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...