बैतडीकी बिमला श्रीमान र दुई छोरा छाडेर सम्पर्कविहीन, उपचार गर्न भारत गएकी थिइन्

cp new add
Nisharg hospital

धनगढी । बैतडीको दशरथचन्द नगरपालिका–१ की बिमला भुल सम्पर्कविहीन भएकी छन् । उपचार गर्न भारतको पिथौरागढ गएकी भुल एक हप्तादेखि सम्पर्कविहीन भएको पारिवारीक स्रोतले जनाएको छ ।

Nast Ad

उनका श्रीमान हरिश भुलले दशरचन्द नगरपालिका–४ स्थित माइती घरमा रहेका बेला बिमला उपचारका लागि पिथौरागढ जान्छु भनी गएको बताए तर उनी अहिलेसम्म कसैको सम्पर्कमा छैनन् ।

३० वर्षीया बिमला ५ फिट २ इन्चकी छन् भने गहुुँ गोरा वर्ण रहेको छ । उनलाई कतै देखे भेटेमा नजिकको प्रहरी चौकी वा हरिशको ९७६७४४०३१८ नम्बरमा फोन गरिदिन अनुरोध गरिएको छ ।

उनका दुई छोरा छन् भने आफू तल्लो शरीर नचल्ने बिरामीका कारण विगत दुई वर्षदेखि थलिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...