गृह मन्त्रालय छिर्न नदिएपछि निहारिका राजपुत र बिनु यादवले घन्टी बजाएर गरे विरोध, प्रहरीद्धारा धरपकड

cp new add
Nisharg hospital

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिला प्रवेशद्वारमै रोकिएका छन्।
विगतमा ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र ‘घरेलु हिंसापीडित’ बिनु यादव आज गृह मन्त्रालय पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्ने उद्देश्यले त्यहाँ पुगेका थिए।

Nast Ad

तर, प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धर्ना दिएका छन्। दुवैले मन्त्रालयको गेटअगाडि घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

उनीहरू सडकमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटाएको छ। प्रहरीले उनीहरुलाई धरपकड गरेको भिडियोको क्लीपहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...