काठमाडौं उपत्यकाका नाका आवागमन गर्नुअघि सतर्कता अपनाउन ‘ट्राभल एलर्ट’

cp new add
Nisharg hospital

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिंदा वा भित्रंदा विशेष सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Nast Ad

जिल्ला प्रशासन कार्यालयले एक यात्रा सावधानी(ट्राभल एलर्ट ) जारी गर्दै जल तथा मौसम विज्ञान विभागको भारी वर्षा हुनसक्ने सम्भावित क्षेत्रहरू (रेड एलर्ट ) को सूचनालाई मध्यनजर गर्दै सचेत हुन आग्रह गरेको हो ।

‘मनसुनको अवधिमा भारी वर्षाका कारणबाट आउन सक्ने बाढी, पहिरो जस्ता विपद्का घटनाहरुको पूर्व आँकलन गर्दै जल तथा मौसम विज्ञान विभागको भारी वर्षा हुन सक्ने सम्भावित क्षेत्रहरूको सूचनालाई समेत मध्यनजर गर्दै काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश विन्दुहरुबाट बाहिरिने एवम् भित्रिने सार्वजनिक एवम् निजी प्रकृतिका सम्पूर्ण प्रकारका सवारी साधनहरुका सवारी धनी, सवारी चालक, सहचालक र आम सर्वसाधारण यात्रु महानुभावहरुलाई यात्रा गर्नुपूर्व विशेष सावधानी र सतर्कता अपनाउनुहुन जानकारी गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विगत वर्षहरुमा बाढी, पहिरोका कारण रातको समयमा भएको गम्भीर क्षति समेतलाई मनन गर्दै सम्भावित भारी वर्षा हुने दिनहरुमा रातीको समयमा यात्रा गर्दा अझ बढी उच्च सावधानी र सतर्कता अपनाउन पनि प्रशासनले भनेको छ ।

सडकमार्गको कही कतै कुनै खण्डमा अवरोध भए नभएको यकिन सूचना प्रहरी प्रशासनबाट लिन, राजमार्गको कुनै सडक खण्डमा बाढी, पहिरोबाट सडक अवरुद्ध भएको अवस्थामा यात्रुलाई खाना, पानीको व्यवस्था हुन सक्ने र बाढी, पहिरोबाट पूर्ण रुपमा सुरक्षित स्थानमा मात्र रोक्ने व्यवस्था गर्न र सडकको अवरोध खुलिसकेको भनी प्रहरी प्रशासनबाट एकिन सूचना लिएपछि मात्र यात्रा अघि बढाउन सूचित गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...