जातीय विभेद सधैँका लागि अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन

cp new add
Nisharg hospital

काठमाडौं । जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै जातीय छुवाछुत विरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

Nast Ad

मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैका लागि अन्य गर्न सवै गम्भीर हुनुपर्ने भन्दै अभियानले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो ।अभियानले घर बहाल लगाउने घरबेटीले समेत जातीयताको आधारमा भेदभाव गरेको गुनासो गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले दलित समुदायले हिजोका दिनमा ऐतिहासिक रूपमा राजनीतिक आन्दोलन गरेकै मुलुकमा नयाँ व्यवस्था बनेपनि अहिले दलित समुदायका मुद्दालाई बेवास्ता गर्ने काम भएको गुनासो गरेका थिए ।

प्रदर्शनकारीले जेनजी आन्दोलनको आडमा बनेको सरकार र सत्तापक्षका दलित समुदायबाटै प्रतिनिधित्व गर्ने सांसदहरू पनि दलितका मुद्दामा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...